धोविया स्मार्ट कृषि गाँउका किसानलाई आधुनिक कृषि प्रविधि वितरण — OSNepal

धोविया स्मार्ट कृषि गाँउका किसानलाई आधुनिक कृषि प्रविधि वितरण

LC (KTM) June 04, 2021 0

बाँके, २० जेठ- बर्दियाको बारबर्दिया नगरपालिका–५ स्थित धोविया स्मार्ट कृषि गाँउका किसानलाई आधुनिक कृषि प्रविधि वितरण गरिएको छ । नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर)ले लुम्बिनी प्रदेशको एकीकृत कृषि तथा पशुविकास कार्यालयको अनुदानमा सो सामग्री वितरण गर्नुभएको हो । चार वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममा यस वर्ष रु ६२ लाख ५१ हजार बराबरको पावरटेलर, पानी तान्ने जेनेरेटर, मकै छोडाउने मेसिन, धानगँहु काट्ने रिपरलगायका मेसिन किसानलाई उपलब्ध गराइएको छ । यसमा २० प्रतिशत किसानको लगानी हुनेछ । कूल ८३ घरधुरी रहेको सो गाउँमा करीब ५० विघाहा क्षेत्रफलमा खेती गर्दै आएका छन् ।

खाद्य र साल्ट टे«डिङले केही वस्तुमा छुट दिने:- सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो । कर्पाेरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर