कांग्रेसको निष्कर्ष : गठवन्धन टुटेटुटोस् तर एमसीसी पास गर्नुपर्छ — OSNepal

कांग्रेसको निष्कर्ष : गठवन्धन टुटेटुटोस् तर एमसीसी पास गर्नुपर्छ

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गठवन्धन भन्दा पनि एससीसी पारितको विषया मुख्य भएको निष्कर्ष निकालेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट –एमसीसी० अनुमोदन गर्नुपर्ने निष्कषृ निकालेको हो ।

सठवन्धन टुटेपनि एमसीसीदेशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा। शशांक कोइरालाले जनाएका छन् । बैठकमा सहभागी भएकापूर्व अर्थमन्त्री डा। रामशरण महतले पनि एमसीसी राम्रो अनुदान भएकोले गुमाउन नहुने बताएका थिए ।

त्यसैगरी, बैठकमा सभागी भएका नेता कोइरालाले एमसीसी विद्युत र बाटोको लागि हो भनेर जनमानसमा भन्नुपर्ने भन्दै एमसीसी अनुमोदन गर्नुपर्छ भन्ने निष्कर्ष पुगेको बताएका छन् ।

साथै, कोइरालाले स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनुपर्ने पनि बताएका छन् । साथै बैठकमा केही भातृ संगठनको अधिवेशन स्थानीय तहको चुनाव अगावै गर्ने सहमति समेत भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर