लगातार ६ पटक स्थगित भएको प्रतिनिधि सभाको फागुन २ गते बस्ने भनिएको बैठक पनि एमालेको कारण अन्योलमा — OSNepal

लगातार ६ पटक स्थगित भएको प्रतिनिधि सभाको फागुन २ गते बस्ने भनिएको बैठक पनि एमालेको कारण अन्योलमा

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । नेकपा एमालेले यही फागुन २ गते बस्न लागेको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेको छ ।

फागुन २ गते नै प्रदेश १मा एमालेको प्रदेश १ स्तरीय भेला आयोजना गरिएकोले बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई एमालेले आग्रह गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार बैठक जुध्न गएकाले संसद बैठक अर्को दिन सार्न आग्रह गरिएको जनाएका छन् ।

लगातार ६ पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक सातौं पटक पनि सर्न सक्ने सम्भावना बढेको छ । किनभने फागुन १ गते सत्तारुढ दल नेकपा एकिकृत सामाजवादी पार्टीले देशैभर एमसीसीको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

यता भदौ २३ गते देखि निरत्नर संसद बैठक अवरोध गर्दै आएको एमालेले नै संसद स्थगित गर्न आग्रह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर