माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके : प्रचण्ड — OSNepal

माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके : प्रचण्ड

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई समाप्त पार्न खोज्नेहरु आफैं पराजित भइसकेको अभिव्यक्ति दिएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भइसकेका छन् ।’ उनले भने ।

मधेश प्रदेशका जनप्रतिनिधिहरू पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गर्नेको लहर नै चलेको बताएका छन् ।

कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेशी जनताको अधिकारका लागि भन्दै विदेशी शक्तिको इसारामा चलेको समेत आरोप लगाएका छन् ।

उनले दावीका साथ भनेका छन्, ‘मधेशका जनताको भविष्य सुनिश्चित भएको पार्टी माओवादी हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर