माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अनिश्चितकालका लागि स्थगित — OSNepal

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यही माघ २८ र २९ गते बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार अर्को सुचना नआएसम्म बैठक स्थगित भएको जनाएका छन् । अब बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने कार्यसुची रहेको थियो ।

आठौँ राष्ट्रिय महाधिवेशन पछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मतले चयन गरेको थियो । त्यस पछि भने पार्टीको केन्द्रिय समितिको बैठक बस्न सकेको छैन ।

माओवादीको विधानमा व्यवस्था भए अनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने नियम रहेको छ ।

तर, पनि प्रचण्ड निकट जनार्दन शर्मा र वर्षमानले नै महासचिवमा दावी गरेपनि खयति बेला प्रचण्ड दवावमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर