३ करोड जनसंख्या भएको मुलुकमा १५ करोड बढी पटक हेरेर रेकर्ड राख्यो स्वस्तिमाको चर्चित गीत कुटुमा कुटुले — OSNepal

३ करोड जनसंख्या भएको मुलुकमा १५ करोड बढी पटक हेरेर रेकर्ड राख्यो स्वस्तिमाको चर्चित गीत कुटुमा कुटुले

LC (KTM) June 04, 2021 0

काठमाडौं । संगीतकार राजनराज शिवाकोटी यतिबेला सर्वाधिक खुसी छन् । आफ्नो पछिल्लो गीत फुलबुट्टे सारीको सफलतापछि उनको अर्को एउटा गीतले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको गीतको रेकर्ड बनाएको छ ।

चलचित्र दुई रुपैयाँको कुटुमा कुटु सुपारी दाना‘ले युट्युबमा यतिबेला १५ करोड भ्युज पाएको छ । ३ करोड जनसंख्या भएको मुलुकमा १५ करोडपटक एउटै गीत हेरिनु भनेको नयाँ रेकर्ड हो । नेपाली गीत १५ करोडपटक युट्युब च्यानलमा हेरिएको यो नै पहिलो हो ।

यो गीतलाई सन् २०१७ को मे २८ मा युट्युब च्यालनमा रिलिज गरिएको थियो । अहिले यो गीतको भ्युज १५ करोडमाथि पुगेको छ । यो गीतमा राजनराजको संगीतसँगै राजन इशान र मेलिना राईले स्वर रहेको छ । यो गीतलाई राजनराजले नै लेखेका हुन् ।

यो गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता निश्चल बस्नेत, आसिफ खान र बुद्धि तामाङको अभिनय रहेको छ । यो चलचित्रमा स्वस्तिमाको नृत्य रहेको छ । राजधानि दैनिकमा खबर छ । आफ्नो गीतले नेपालमा अहिलेसम्म सबैभन्दा बढी भ्युज पाएको भन्दै दर्शकप्रति अभिनेता निश्चलले खुसी व्यक्त गरेका छन् । आफूले अभिनय गरेको चलचित्रको गीतको भिडियोले नेपालमा सर्वाधिक भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको पनि अभिनेता निश्चलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले दर्शकले धन्यवादसमेत ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर