३५ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले चलायो वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा — OSNepal

३५ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले चलायो वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगले यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा आज बिहीबार ३५ लाख २१ हजार २ सय ४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सुब्बा–पोखरीको ठेक्कावापत बुझाउनुपर्ने रकम वडाध्यक्ष भएपछि पदीय प्रभाव देखाएर यादवले नबुझाएको आयोगले बताएको छ ।

वडाध्यक्ष हुनु अघि यादवले २०७३ माघ ४ सम्ममा १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ साविक सहोडवा गाउँ विकास समितिलाई बुझाएका थिए ।

त्यसपछि वडाध्यक्षमा निर्वाचित भएपछि उनले कुनै पनि रमक नबुझाएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर