३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस (सुची सहित) — OSNepal

३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस (सुची सहित)

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेमा , खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसीको नाम परेको छ ।

त्यसैगरी , राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राईको नाम पनि बढुवा सिफारिसमा परेको छ ।

यसैगरी , ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्यायं), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल,) नीरा अधिकारी र निराजकुमार खत्रीको नाम पनि उपसचिव बढुवामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर