काठमाडौं – गोर्खा सत्याग्रह संघर्ष समिति केन्द्रिय प्रमुख संयोजक कृष्ण बहादुर राईले विर गोर्खाली कहिले नझुक्ने र अजै पनि लड्न तयार रहेको बताएका छन् । एक अन्र्ताबर्तामा कृष्ण बहादुर राई र कृष्ण कुमार राईले सो कुरा गरेका हुन् ।
उनीहरुले पछिल्लो समय गोर्खालीहरुले गर्दै आइरहेको आन्दोलन र कारण बारे खुलाएका छन् । कुराकानीमा कृष्ण बहादुर राईले गोर्खालीहरुलाई पहिलेदेखि नै विभेद गर्दै आइएको बताउदै अन्दोलनमा उत्रनुको कारण पनि खुलाए ।
उनले भने – “भर्ति सिस्टम १८१५ देखि शुरु भएको थियो । त्यतिखेर कुनै एग्रिमेन्ट सिस्टम थिएन । त्यो एग्रिमेन्ट नहुँदाखेरी जुन ट्विट गर्दै आइरहेको थियो ब्रिटिसले । १९४७ मा चाहिँ जुन त्रिपक्षिय सन्धि भएको थियो । त्रिपक्षिय सन्धि अनुसार पनि एग्रिमेन्ट भएर पनि ब्रिटिसले हामिलाई विभेद गरिरहेको रहेछ । कारण के हो भन्दाखेरी विगतमा हाम्रा बाउ बाजेहरु, नेपालमा पहिलो हाइस्कुल नै खुलेको २००८ सालमा हो । १९९४ ९६ सालमा दरबार हाइस्कुल बन्दाखेरी चन्दै शम्शेरले रुदै उद्घाटन गरेको, किन आज रुनुभयो भनेर सोध्दा । मेरो टाउकोमा म आफैले बन्चरो हान्दैछु भने जस्तो हो । जनता जान्ने भएपछि अधिकार त खोज्ने भयो । २००७ सालमा राणाकाल अन्त भयो ।”
“खासमा के हो भन्दाखेरी ९ नोमेम्बर १९४७ मा एग्रिमेण्ट भएपनि तर हाम्रा बाउबाजेहरु पढेको मान्छे लादैनथे, जहाँ रोमन गोर्खाली मात्र पढाइन्थ्यो । तर यो करिब करिब १९७५ देखि करिब केही नेपाली दाजुभाईहरु पढेको हुन थाले । जब १९९४ मा म प्यानसिन निस्किए, त्यहाँदेखि अध्ययन गर्दाखेरी यहाँ विभेद भएको रहेछ भन्ने हामिले चाल पायौं । त्यतिखेर आफूलाई पेन्सन कति पाइन्थ्यो, थाहाँ थिएन । जब पेन्सन था्रै पाइयो भन्ने थाहाँ भयो । तर हामिले यसलाई खोजी गर्नुपर्ने भन्ने लाग्यो । हामि गोर्खाहरुले रिसर्च गर्न थाल्यौं । रिसर्ज गर्दै जाँदा पेन्सन मात्र होइन, जागीर, भत्ता सबैमा विभेद गर्दै आइएको रहेछ ।”
“त्यो किन विभेद गरिएको रहेछ त । भन्दाखेरी ब्रिगेट अफ गोर्खाज स्टाण्डिङ इन्स्ट्रक्सन भन्छ, त्यो गोर्खालाई बेग्लै कानुन लगाएर विभेद गर्दै आइरहेको रहेछ । त्यस कारणले गर्दा हामिले पत्ता लगायौं । यसैबीच हाम्रा संगठनहरुले मुद्दा लगाए । २००७ सालमा यो बिजि एसआई भन्ने एलिगल हो । खोतल्दै खोतल्दै जाँदा, हंकङमा नोकरी गरेको पनि २५ प्रतिशत ब्रिटिस सरकारले दिने, ७५ प्रतिशत हंकङ सरकारले दिने रहेछ । यसरि ठगिदै आएको चाल पाएपछि हामिले हान्दोन शुरु गरेका हौं ।”
उनले गोर्खालीहरु ठगिनमा नेपाल सरकारको कुनै संलग्नता नरहेको भन्दै उनले यसबारे सरकार बेखबर रहेको बताए ।उनले भने – “गएको २०१९ मा तत्कालिन प्रधानमन्त्री केपी र्शा ओलीले अवलोकन गर्नुभो । त्यतिखेर उहाँले स्पष्ट पार्नू भयो । कति मान्छे लादैछ । कति आउँदैछ । यी कुराहरुमा बेखबर छ, नेपाल सरकार ।”