प्रचण्डलाई लाग्यो अर्को झड्का : कोइराला भन्छन्, चुनावी गठबन्धनको पक्षमा छैन — OSNepal

प्रचण्डलाई लाग्यो अर्को झड्का : कोइराला भन्छन्, चुनावी गठबन्धनको पक्षमा छैन

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बिच आज बिहिबार भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा नेता कोइरालाले आफु चुनावी गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेकाले उनले प्रचण्डलाई यस्तो जवाफ दिएका हुन् ।

गठबन्धन गर्ने भए सरकारमा गरौंला भनेका नेता कोइरालाले चुनावमा आफु कुनै पनि हालहतमा गठवन्धनको पक्षमा नभएको स्पष्ट पारेका छन् ।

तथापी , भेटमा प्रचण्डले भने चुनावी गठवन्धन गर्न आग्रह गरेको बुझिएको छ । साथै नेता कोइरालाले एमसीसीको विषयमा पनि पनि स्पष्ट निणर्य लिन प्रचण्डलाई सुझाव दिएका छन् ।

सहमत भएका संसदबाट पारित गरौं नभए संसदबाटै अस्विकार गर्न समेत उनले सुझाव दिएका छन् । नेता कोइरालाको यो जवाफ पछि एमसीसीको विषयमा चौतर्फी आलोचना खेपिरहेका प्रचण्ड तनावमा देखिएका छन् ।

यसअघि नेता कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर