एमसीसीको विरोध गर्ने कम्युनिष्ट पार्टीमाथि नेता भट्टराईले गरे कटाक्ष — OSNepal

एमसीसीको विरोध गर्ने कम्युनिष्ट पार्टीमाथि नेता भट्टराईले गरे कटाक्ष

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्दै हिडेका कम्युनिष्ट पार्टीहरुमाथि कटाक्ष गरेका छन् ।

देशलाई गरिब बनाइराख्न उफ्रेको देख्दा कम्युनिष्टहरुले सर्वहारा भनेको गरीब भन्ठानेको भन्दै नेता भट्टराईले टिप्पणी गरेका छन् । कम्युनिष्टहरुले कम्युनिष्टको अस्तित्वनिम्ति गरीबी कायमै राख्न तम्सेको आरोप लगाएका उनले यस्ता नेता तथा पार्टीलाई कसरी बुझाउने भन्दै प्रश्न समेत गरेका छन् ।

विभिन्न कपाका कणहरू देशलाई गरीबै बनाइराख्न उफ्रेको देख्दा यिनले सर्वहारा भनेको गरीब भन्ठानेको र कपाको अस्तित्वनिम्ति गरीबी कायमै राख्न तम्सेको बुझियो ! उनले भनेका छन् ।

माक्र्सको भनाईलाई व्यख्या गर्दै उनले भनेका छन्, ‘मार्क्सले त पुॅजीवादले थोरैलाई धनी र धेरैलाई गरीब बनाउने हुनाले सबैलाई धनी बनाउने समाजवादको कुरा पो गर्या हो ! एमसीसीको विरोधमा नेकपा एकिकृत समाजवादी पार्टीले फागुन १ गते देशभर विरोध प्रदर्शन गर्ने निणर्य गरेपछि नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

‘विभिन्न कपाका कणहरू देशलाई गरीबै बनाइराख्न उफ्रेको देख्दा यिनले सर्वहारा भनेको गरीब भन्ठानेको र कपाको अस्तित्वनिम्ति गरीबी कायमै राख्न तम्सेको बुझियो! मार्क्सले त पुॅजीवादले थोरैलाई धनी र धेरैलाई गरीब बनाउने हुनाले सबैलाई धनी बनाउने समाजवादको कुरा पो गर्या हो१यिनलाई कसरी बुझाउने?’

नेता भट्टराईको ट्वीटव् : ।भिन्न कपाका कणहरू देशलाई गरीबै बनाइराख्न उफ्रेको देख्दा यिनले सर्वहारा भनेको गरीब भन्ठानेको र कपाको अस्तित्वनिम्ति गरीबी कायमै राख्न तम्सेको बुझियो! मार्क्सले त पुॅजीवादले थोरैलाई धनी र धेरैलाई गरीब बनाउने हुनाले सबैलाई धनी बनाउने समाजवादको कुरा पो गर्या हो!यिनलाई कसरी बुझाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर