कांग्रेसको पदाधिकारी बैठकले गरेका निणर्यहरु — OSNepal

कांग्रेसको पदाधिकारी बैठकले गरेका निणर्यहरु

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । नेपाली कांग्रेसको बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठकबाट म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने निणर्य गरेको छ ।

आज बुधबार बालुवाटारमा बसेको बैठकले उक्त बैठकले यस्तो निणर्य गरेको पार्टीका प्रवक्ता डा प्रकाश शरण महतले जनाएका हुन् ।

कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम दिन भोली पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्ने भएको पनि प्रवक्ता महतले जनाएका हुन् ।

भोलिको कार्यसम्पादन समितिको मिटिङका विषयमा ब्रिफिङ गर्‍यौँ उनले भने ।
स्थानीय तह निर्वाचनमा कसरी सशक्त रूपमा प्रस्तुत हुने, १६ जिल्लाका अधिवेशन कोभिडका कारण सरेको छ, अब त्यसलाई कसरी अघि बढाउने, भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने विषयमा समेत बैठकमा छलफल भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर