कमल थापाले पार्टी परित्याग गर्दैमा हाम्रो गतिमा यसले कति पनि फरक पार्दैन : अध्यक्ष लिङदेन — OSNepal

कमल थापाले पार्टी परित्याग गर्दैमा हाम्रो गतिमा यसले कति पनि फरक पार्दैन : अध्यक्ष लिङदेन

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पुर्व अध्यक्ष कमल थापाले पार्टी छाडेर केहि नहुने बताएका छन् ।

यसले पार्टीको आगामी जीवनमा अगाडी बढ्न केहि फरक नपार्ने बताएका उनले यो पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ‘उनले भनेका छन् ।

उनले पार्टीको प्रमुख जिम्मेवारी सम्मालेका साथीहरुले यस्तो काम नगर्ने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई यस घटनाबाट विचलित नहुँन पनि आग्रह गरेका छन् ।

बुधबार अध्यक्ष लिङदेनले न्यूज एजेन्सी नेपालसँग यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर