सत्तागठवन्ध दलको नेकपा एसले देशभर एमसीसीको विरुद्ध विरोध प्रर्दशन गर्दै — OSNepal

सत्तागठवन्ध दलको नेकपा एसले देशभर एमसीसीको विरुद्ध विरोध प्रर्दशन गर्दै

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । नेकपा एकिकृत समाजवादी पार्टीले एमसीसीको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । आज बुधबार बसेको नेकहपा एसको मोर्चा संगठनको बैठकले फागुन १ गतेबाट देशभर एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्ने निणर्य गरेको हो ।

फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने आजको उक्त बैठकले निणर्य गरेको छ । विरोध प्रदर्शनका लागि बैठकले पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन समेत दिएको छ ।

फागुन २ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा एमसीसी पारित गर्ने बताइएकोले सत्ता गठवन्धन दलको नेकपा एसले भने त्यसको देशभर विरोध गर्ने निणर्य गरेको हो ।

कांग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री शेबबहादुर देउवा एमसीसी पारित गर्न तयारीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर