यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने — OSNepal

यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । यही बैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने भएको छ ।

आयोगले १२ अबै रुपैंया खर्च लाग्ने अनुमान गरेपनि सवारी साधन र मतपेटिकाको लागि भने बजेट नछुट्याएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार नयाँ सवारी साधन खरिदका लागि बजेट नछुट्याएको र दातृ निकायले सवारी साधन दिने हो भने मात्र त्यसलाई स्विकार गर्ने बताएका छन् ।

तथापी , निर्वाचन प्रयोजनकै लागि भने आयोगले सवारी साधन खरिद नगर्ने जनाएको छ ।

साथै २०७४ सालको स्थानीय तहको निर्वाचनमा खरिद गरिएका मतपेटिका आयोगसँग मौज्दातमा रहेकाले यस पटक मत पेटिका पनि नकिन्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर