स्थानीय तहको निर्वाचनको लागि विद्युतीय भोटिङ मेशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन — OSNepal

स्थानीय तहको निर्वाचनको लागि विद्युतीय भोटिङ मेशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनको लागि विद्युतीय भोटिङ मेशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ ।

आज बुधबार निर्वाचन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

उक्त गठन भएको कार्यदललाई विद्युतीय भोटिङ मशिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गर्न त्यसको प्रतिवेदन बुझाउन आयोगले सात दिनको समय दिएको छ ।

हाल देशभरमा १ करोड ८५ लाखको हाराहारीमा मतदाता रहेको आयोगले प्रारम्भिक अध्ययन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर