चिनियाँ ताइपेईलाई खाता नै खोल्न नदिई नेपालले निकाल्यो शानदार जित, अञ्जान र नवयुगले गरे १ - १ गोल — OSNepal

चिनियाँ ताइपेईलाई खाता नै खोल्न नदिई नेपालले निकाल्यो शानदार जित, अञ्जान र नवयुगले गरे १ – १ गोल

LC (KTM) June 04, 2021 0

काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा चाइनिज ताइपेई विरुद्ध नेपालले शानदार प्रस्तुती दिँदै जित निकालेको छ । कुवेतको रंगशालामा सम्पन्न खेलमा नेपालका लागि अन्जन विष्ट चम्किँदा शानदार जित निकाल्न सफल भएको हो । गएराति भएको खेलमा नेपालले ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई सहज जित दिलाउनको लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठ समान एक एक गोल गरेका छन् ।

खेलको चौथो मिनेटमा अञ्जानले पोनालटीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए भने खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले सुमन अर्यालले सटिक क्रसमा गोल गरेका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल नेपालले जित्यो ।

जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । समूह ‘बी’मा रहेको नेपालको पाँच खेलबाट ३ अंक छ। समान खेल खेलेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन। पाँच वटा टोली रहेको यो समूहमा नेपालले यसअघि चाइनिज ताइपेईविरुद्ध भएको खेलमा २(० गोलको जित हात पारेको थियो। त्यस खेलमा पनि दुवै गोल अन्जनले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर