खुशीको खबर, उत्कर्षमा पुगेर कोरोना महामारी बिस्तारै ओरालो लाग्दै — OSNepal

खुशीको खबर, उत्कर्षमा पुगेर कोरोना महामारी बिस्तारै ओरालो लाग्दै

LC (KTM) June 04, 2021 0

काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो ।

पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो । त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ । यो खबर राजधानी दैनिकमा छ ।

पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर