माधव नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव — OSNepal

माधव नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

LC (KTM) June 04, 2021 0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् ।

नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । छलफलमा सहभागी अधिकांश नेताले पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

‘पार्टी एकताका लागि प्रधानमन्त्री इमानदार हुनुहुन्न, एकता वार्ताको नाममा अल्मल्याउने काम मात्रै भएको छ । आफू कमजोर भएको बेला वार्ताको नाटक गर्ने र अलि ठीक भएपछि कारबाहीको नाटक सुरु गर्ने देखिएको छ,’ केन्द्रीय सदस्य पन्तले राजधानीस“ग भनिन्, ‘वास्तवमा उहाँ पार्टी एकताको पक्षमै हुनुहुन्न ।’ बैठकमा धारणा राख्ने अधिकांश नेताले पार्टी पुनर्गठन गरेरै अघि बढ्दा ‘राम्रो हुने’ सुझाव दिएको उनले सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर