बाजुरामा जारी निषेधाज्ञा जेठ ३१ सम्म थपियो ,संक्रमण दर उकालो लाग्दै — OSNepal

बाजुरामा जारी निषेधाज्ञा जेठ ३१ सम्म थपियो ,संक्रमण दर उकालो लाग्दै

LC (KTM) June 04, 2021 0

बाजुरा-जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो । जिल्लामा कोभिड संक्रमण दर धेरै नघटेकाल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

संक्रमण दर उकालो लाग्दै:- कोरोना संक्रमणको दर दैनिक उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाजुराका अनुसार पछिल्लो २४ घण्टामा ६४ जनाको एन्टिेजेन विधिबाट परीक्षण गरिएको थियो । यससंँगै जिल्लामा कुल संक्रमित ५५२ पुगेका छन् । जिल्लामा कोरोना संक्रमणका कारण सात जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा होम आइसोलेशनमा १९० र आइसोलेशनमा ११ जना छन् । हालसम्म सक्रिय संक्रमितको कुल संख्या २०१ त्था निको हुने ३४४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर