नेपालमा नयाँ भेरियन्टको कोरोना देखीएको पुष्टि गर्न बेलायती पत्रिकालाई दुताबासको चुनौती — OSNepal

नेपालमा नयाँ भेरियन्टको कोरोना देखीएको पुष्टि गर्न बेलायती पत्रिकालाई दुताबासको चुनौती

LC (KTM) June 03, 2021 0

बेलायतको एक पत्रिका लाई नेपाली दुताबासले नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको बिषयलाई पुष्टि गर्न चुनौती दिएको छ । बेलायतस्थित नेपाली दूतावासले द डेली मेल पत्रिकालाई नेपालमा देखिएको नयाँ भेरियन्खटको खण्डन गरी पत्र पठाएको हो ।

नेपालमा देखिएको कोभिड १९ को भा इरस अल्फा र डेल्टा छन् । तिनिहरू दुवै नेपालमा फेला परेको होइन् दूतावासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, नेपालस्थित विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा तीव्र रुपमा डेल्टा भाइरस फैलिइरहेको छ ।

बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दाबी गरेको थियो । ट्याबोलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाले बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो । नेपालले यसरी कुनै बिदेशी पत्रिकाको खण्डन गर्ने गरेको थिएन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर