अमेरिकाले गर्यो नेपाललाई कोरोना खोप दिने घोषणा — OSNepal

अमेरिकाले गर्यो नेपाललाई कोरोना खोप दिने घोषणा

LC (KTM) June 03, 2021 0

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाललाई अमेरिकाले भ्याक्सिन दिने घोषणा भइसकेको बताएका छन् । उनका अनुसार यद्यपि कति डोज भन्न खुलेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले अमेरिकालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतीलाई पुष्टि गर्छ ।

यो पनि – रूपन्देहीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा- रुपन्देहीमा आगामी जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियमहरू पूर्ववत रहनेगरी व्यवस्था मिलाइएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन तथा अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको हो । प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुने, मानिस भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर