अब तोकिएको मितिमा निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्न राज्यका सम्पूर्ण निकायहरु लाग्नुपर्छ — OSNepal

अब तोकिएको मितिमा निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्न राज्यका सम्पूर्ण निकायहरु लाग्नुपर्छ

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । नेकपा एमालेका उपाध्यक्ष नेता विष्णु पौडेलले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु स्वागत योग्य भएको बताएका छन् ।

नेता पौडेलले अब तोकिएको मितिमा स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गराउन सरकारलाई आग्रह समेत गरेका छन् ।

चुनावको घोषणा गर्ने परिस्थिति निर्माण गर्नका लागि केहि मेहनत गर्नु परेको बताएका उनले भनेका छन्, ‘चुनाव संवैधानिक कानुनी दृष्टिकोणले पनि, लोकतन्त्रको मर्मको दृष्टिकोणले पनि चुनाव अपरिहार्य थियो ।’

निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको भन्दै पौडेलले अब निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्न राज्यका सम्पूर्ण निकायहरु लाग्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर