पोखराको अर्को घटना, ९० हजार तिर्न नसक्दा २२ दिने कोरोना संक्रमित शिशुलाई अस्पतालले निकाल्यो (भिडियो) — OSNepal

पोखराको अर्को घटना, ९० हजार तिर्न नसक्दा २२ दिने कोरोना संक्रमित शिशुलाई अस्पतालले निकाल्यो (भिडियो)

LC (KTM) June 03, 2021 0

पोखरा- करोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ ।

रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा कोरोना पुष्टि भएपछि अस्पतालले मागेको धरौटी रकम तत्काल जुटाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले बताउनुभयो ।

बुढाका अनुसार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल जन्मिएका बालकको जेठ १ गते स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पतालले जन्डिस भएको भन्दै अस्पतालको एन–आइसियु वार्डमा ३ दिन राखेर उपचार गरेर घर पठाएको थियो । स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर