ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ : नेपाल — OSNepal

ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ : नेपाल

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बसेको बैठकमा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्ने बताएका उनले भनेका छन्, ‘नेपालीहरुलाई भर्ना गर्ने, अन्य देशमा पठाउने र बीचको फाइदा उसले लिने स्थितिलाई अन्त्य गर्नुपर्छ ।’

जुन देशसँग सम्झौता गरिएको हो त्यो देशसँग श्रम वा सुरक्षामा पठाउने सकिने बताएका उनले यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र हो नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर