माओवादीले बोलायो केन्द्रिय समितिको बैठक — OSNepal

माओवादीले बोलायो केन्द्रिय समितिको बैठक

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । नेकपा माओवादी केन्द्रले केन्द्रिय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार माघ २८-२९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

ढकालले दिएको जानकारी अनुसार बैठकमा समसामयिक राजनीतिक विषय छलफल हुने बताइएको छ । उक्त बैंठकमा पार्टीको आठौं महािधवेशनमा छनोट गर्न बाँकी रहेको पदाधिकारी चयन समेत गरिने बताइएको छ ।

माओवादीको विधानमा अनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था रहेको छ । माओवादी पार्टीमा अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित हुन बाँकी रहेको छ ।

साथै स्रोतका अनुसार बैठकमा एमसीसीको विषयमा पनि छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर