भाउ नपाएपछि दाङका किसानले सुठो बनाउँन घाममा सुकाए अदुवा — OSNepal

भाउ नपाएपछि दाङका किसानले सुठो बनाउँन घाममा सुकाए अदुवा

LC (KTM) February 07, 2022 0

दाङ-दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा अदुवाको भाउ नपाएपछि किसानले सुठो बनाउन घाममा सुकाएको अदुवा । छिल्लीकोटको प्रत्येक घरमा ३५ क्वीन्टल जति अदुवा उत्पादन गर्ने गरेकोमा बजार भाउ नपाएपछि किसान चिन्तित बनेका छन् ।

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै-मनाङ- पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् ।

कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ । हिमपात नहुने स्थानमा परेपछि हिउँ खेल्नु र सामाजिक सञ्जालमा ‘भाइरल’ गराउनु धेरैको रहर सपनाको विषय बन्ने गरेको पाइन्छ । नेपालका धेरै स्थान तथा गाउँलाई हरेक वर्ष हिउँदमा हिउँकै कारण सकस र सास्तीमा जीवनयापन गर्नुपर्ने बाध्यता भएको मध्ये हिमालपारिको जिल्ला मनाङ एउटा ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ ।

हिमाली क्षेत्रअन्तर्गत माथिल्लो मनाङवासीले यार्तुङ पर्व मनाएपछि वर्षायाम सकिएर हिउँदयाम सुरु भएको भन्ने बुझिन्छ । वर्षायामको खेतीपाती थन्क्याएपछि माथिल्लो मनाङले साउनको अन्तिममा यार्तुङ मनाउँछन् । त्यसपछि हिउँदका उराठिला महिना सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर