एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप, ५ जना घाइते — OSNepal

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप, ५ जना घाइते

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको विरोधमा अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको हो ।

विरोध प्रर्शदनलाई प्रहरीले रोक्न खोजेपछि बुटवलमा भएको उक्त झडपमा ५ जना कार्यकर्ता घाइते भएका हुन् । साथै स्थानीय तहको निर्वाचन मिति तत्काल टुंगो लगाउने भन्दै विरोध भएको हो ।

दुई पक्ष बिच भएको झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ घाइते भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर