उपत्यकामा लगाइएको जोर विजोर प्रणाली हट्यो — OSNepal

उपत्यकामा लगाइएको जोर विजोर प्रणाली हट्यो

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । कोभिड १९ कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सरकारले सवारी साधनमा लागु गरेको जोर विजोर प्रणाली आइतबार रातिबाट लागु हुने गरी हटाएको छ ।

आइतबार बसेको तिनै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लागु गरिएको जो विजोर प्रणाली हटाउने निणर्य गरेको हो ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी जारी जोर विजोर हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस भन्दा अघि सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर