आज बस्ने मन्त्रिपरिषद्को बैठकमा निवार्चनको मिति घोषणा गर्दै — OSNepal

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा निवार्चनको मिति घोषणा गर्दै

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाएका हुन् ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा स्थानीय तह निवार्चनको मिति समेत घोषणा गरिने बताइएको छ । हिजो आइतबार बसेको बैठकमा आज सोमबार निवार्चनको मिति घोषणा गर्ने समेत सहमति भएको थियो ।

एमालेका अध्यक्ष केपी ओली सहितको आइतबारको बैठकले आजको मन्त्रिपरिषद्को बैठकमा निवार्चनको मिति घोषणा गर्ने सहमति भएको थियो ।

निर्वाचन आयोगले यही जेठ ४ गते निवार्चन गर्न भनी प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर