५ जी टेक्नोलोजीको बिरुद्ध अभिनेत्री जुही चावलाले गरेको रिट अदालतद्धारा खारेज, मिडिया प्रचारको लागि गरिएको ठहर — OSNepal

५ जी टेक्नोलोजीको बिरुद्ध अभिनेत्री जुही चावलाले गरेको रिट अदालतद्धारा खारेज, मिडिया प्रचारको लागि गरिएको ठहर

LC (KTM) June 03, 2021 0

बलिउड अभिनेत्री जुही चावलालाई ठुलो झट्का लागेको छ । उनले ५ जी टेक्नोलोजीको रोलआउटबिरुद्ध गरेको रिट अदालतले खारेज गरिदिएको छ । त्यतिमात्र हैन अदालतले जुही चावलालाई मिडीयामा फेमस हुनका लागि भनेर दोष समेत लगाएको छ ।

दिल्ली उच्च अदालतले भारतमा ५ जी टेक्नोलोजीको रोलआउटविरुद्ध जुहीको रिट दोषपूर्ण र मिडिया प्रचारको लागि गरिएको भन्दै खारेज गरिदिएको हो । अदालतले जुन २ अर्थात हिजो जुहीको निवेदनको सुनुवाइ गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनको रिटमाथि न्याधिशले उल्टै आश्चर्यजनक भएको टिप्पणी समेत गरे ।

न्यायाधीश जे आर मिधाले जुहीको यो कदम निकै आश्चर्यजनक भएको भन्दै सरकारले उक्त कदम चाल्नुअघि नै किन नरोक्ने भनि प्रश्न समेत गरेका थिए । उनले यो सस्तो लोकप्रियताका लागि भएको भन्दै आपत्ति जनाएका थिए ।

जुहीले निवेदनमा ५ जी जस्ता वायरलेस नेटवर्क र ग्याजेटहरुबाट निस्कने आरएफ रेडियन्स मानवका साथै पृथ्वीका हरेक प्राणीलाई घातक हुने भन्दै यसको भारतमा कार्यान्वयनमा प्रश्न उठाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर