पिसिआरको रिपोर्ट आउन ढिलाइ हुँदा गाँउभरि कोरोना फैलियो, एण्टिजेन परीक्षण बढाइँदै — OSNepal

पिसिआरको रिपोर्ट आउन ढिलाइ हुँदा गाँउभरि कोरोना फैलियो, एण्टिजेन परीक्षण बढाइँदै

LC (KTM) June 03, 2021 0

पाँचथर, २० जेठ सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि विराटनगर र धनकुटा पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ पु¥याइएको स्वाब परीक्षणका लागि पालो कुर्नुपर्ने, परीक्षण प्रयोगशालामा निरन्तर समस्या हुने भएपछि एण्टिजेन परीक्षणको मात्रा बढाउँदै लगिएको छ ।स्वास्थ्य कार्यालय, पाँचथर र स्थानीय तहले प्राथमिकतामा राखी एण्टिजेन विधिबाट सम्भावित सङ्क्रमितको परीक्षण गराउँदै आएका छन् ।

स्वास्थ्यकर्मीले भने पिसिआर परीक्षण बढाउनुपर्नेमा जोड दिइरहेका छन् । बुधबारसम्म जिल्लामा दुई हजार ७०९ जनामा कोरोना सङ्क्रमण परीक्षण गरिएकामा दुई हजार २०० एण्टिजेन परीक्षण भएको छ । हालसम्म ५०९ जनाको मात्रै पिसिआर विधिबाट परीक्षण गरिएको छ । रिपोर्ट आउन हुने ढिलाइकै कारण जिल्लाको हिलिहाङ, याङवरक, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले हालसम्म पिसिआर परीक्षण विधिको प्रयोग गरेका छैनन् । हिलिहाङले ४३१ जना तथा कुम्मायकले ३१३ जनाको एण्टिजेन परीक्षण गरिसक्दा पिसिआर परीक्षण शून्य छ । अन्य चार वटा स्थानीय तहले पनि न्यून मात्रामा मात्रै पिसिआर परीक्षण गराएका छन् । सदरमुकाम रहेको फिदिम नगरपालिकामा ८१२ जनाको एण्टिजेन परीक्षण हुँदा ३३५ जनाको पीसीआर परीक्षण भएको छ । तराइका जिल्लासँग नजिक रहेको दक्षिणी मिक्लाजुङले समेत हालसम्म १०० जनाको पीसीआर र १२९ जनाको एण्टिजेन प्रविधिबाट परीक्षण गराएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार रिपोर्ट आउन हुने ढिलाइलेपरीक्षणको मात्रा कम हुन गएको हो । यहाँ सङ्कलित स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर, कोशी अस्पताल विराटनगर र धनकुटा प्रयोगशालामा परीक्षण गर्ने प्रवन्ध सामाजिक विकास मन्त्रालय प्रदेश १ ले मिलाएको छ ।सदरमुकाम फिदिमसहित आठ वटै स्थानीय तहका गाउँमासङ्क्रमण निकै तीब्र भएपछि सङ्क्रमितको शीघ्र पहिचानमार्फत सङ्क्रमण रोकथामका लागि ५५०० थान एण्टिजेन किट ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो ।

कोभिड अस्पताललाई स्वास्थ्य सामग्री:- पाँचथर उद्योग वाणिज्य सङ्घले फिदिमस्थित कोभिड अस्पताललाई रु. ५५ लाख ६० हजार मूल्यका स्वास्थ्य सामग्री प्रदान गरेको छ । सङ्क्रमितको उपचारमा स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सङ्घले अभियान नै चलाई दाताबाट सहयोग सङ्कलन गरी उक्त मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अस्थायी कोभिड अस्पताल फिदिममा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष दीपक नेपालले जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बुद्धिबहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । सङ्घले १० लिटर प्रतिमिनेट क्षमताका २० वटा अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका ५० थान अक्सिजन सिलिण्डर, पाँच थान मल्टिपारामिटर प्यासेण्ट मोनिटर र १०० थान अक्सिमिटर उपलब्ध गराएको हो ।

यी सामग्रीको कूल मूल्य रु. ५५ लाख ६० हजार पर्ने जनाइएको छ । संघका अध्यक्ष दीपक नेपालका अनुसार संघले जेठ ४ गते कोभिड अस्पताललाई स्वास्थ्य सामग्रीको आवश्यक देखिएकाले सहयोग गर्ने निर्णय गर्दै दाताहरुले स्वेच्छाले सहयोग गर्न अपिल गरेको थियो । वितरित सामग्री काठमाडौंबाट फिदिमसम्म ढुवानीको प्रबन्ध भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङबाट भएको सङ्घका महासचिव नवराज घिमिरेले वताउनुभयो ।सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले महामारी नियन्त्रणको कार्य सरकारी प्रयासले मात्रै पर्याप्त हुँदैन भन्ने निजी क्षेत्रले बुझेको वताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अस्पताल विकास समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले निजी क्षेत्रले सङ्कटका समयमा अनुकरणीय योगदान गर्दै आएको वताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर