काठमाडौं । हरेक ४८ घण्टामा १ फिट माथि उठ्ने अनौठो घर कहिल्यै देख्नु भएको छ ? आज हामीले सोही अनौठो घरका बारेमा चर्चा गर्दैछौँ । खबर हो भारतको राजस्थानको । उक्त भाइरल घर सडकको सतहभन्दा तल भएका कारण घरबाट निस्कने फोहोर तथा पानी फ्याँक्नै समस्यापछि ज्याक लगाएर उचाल्ने गरिएको छ ।
हरियाणाबाट श्रमिकहरुको टोली बोलाएर घर मालिकले ८ दिनमा २ फिट माथि उठाउन लगाए । उक्त घरको जग उठाउनका लागि अनौठो प्रविधि अबलम्बन गरिएसँगै सो घर भाइरल बनेको छ ।
समाचारमा जनाइए अनुसार करिब १ दशक पूरानो घर अहिले हरेक ३ दिनमा १ फिट माथि उठाइएको छ । यो घरलाई १ सयवटा हाइड्रोलिक ज्याक प्रयोग गरेर माथि उठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।