प्रदेश १ मा आज ७६४ जनामा कोरोना संक्रमण , ९८२ जना संक्रमण मुक्त — OSNepal

प्रदेश १ मा आज ७६४ जनामा कोरोना संक्रमण , ९८२ जना संक्रमण मुक्त

LC (KTM) June 03, 2021 0

प्रदेश १ मा आज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा  ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ ।

प्रदेश १ मा आज ७६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशीगाउँपालिका र हरिनगरमा १–१, स्थानीयतह नखुलेका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीयतह नखुलेका३–३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१ जनामा देखिएको छ ।

झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुरर विर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बा¥हदशी, गौरीगञ्ज, झापागाउँपालिका र कमल गाउँपालिकामा १–१ र स्थानीयतह नखुलेका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३, खोटाङको खोटेहाङमा १६, इलामको इलामनगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, संखुवासभाको खाँदबारीमा ४ र स्थानीयतहनखुलेका २, धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीयतहनखुलेका १, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८८० पुगेको छ । प्रदेश १ मा आज २ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४८ महिला र ४१६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर