पार्टी जेठ २ गतेको अवस्थामा नफर्किए, नयाँ पार्टी खोल्ने नेपाल पक्षधर १७ जनवर्गीय संगठनको चेतावनी — OSNepal

पार्टी जेठ २ गतेको अवस्थामा नफर्किए, नयाँ पार्टी खोल्ने नेपाल पक्षधर १७ जनवर्गीय संगठनको चेतावनी

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधर १७ जनवर्गीय संगठनका प्रतिनिधिले एमाले पार्टीलाई बिसर्जन गरी नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् । १७ जनवर्गीय संगठनहरुले आज संयुक्त विज्ञप्ती जारी गरी पार्टी जेठ २ को अवस्थामा नआए नयाँ पार्टी खोल्ने चेतावनी दिएका हुन् ।

अखिल नेपाल किसान महासंघका बलराम बाँस्कोटा, महिला संघकी जयन्ती राई, अनेरास्ववियुका सुदेश पराजुली, नेपाल उत्पीडित जातीय मुक्ति समाजका गणेश विक, युवा संघका नरेश शाही लगायतले हस्ताक्षर गरेको विज्ञप्तीमा जनताको कठोर लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गौरवमय पार्टी र आन्दोलनको रक्षाका लागि पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको झण्डा उठाउनु पर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर