नेपालमा आज कोरोनाबाट ७५ जनाको निधन — OSNepal

नेपालमा आज कोरोनाबाट ७५ जनाको निधन

LC (KTM) June 03, 2021 0

काठमाडौं । नेपालमा बिहिबार कोरोना संक्रमणबाट ७५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । पछिल्ला दिनमा नेपालमा मृत्युदर घट्दै गइरहेका बेला बिहिबार यो महिलाकै सबैभन्दा कम संक्रमितले ज्यान गुमाएका हुन् ।

यसअघि दिनमा कम्तिमा पनि १ सय बढी र बढीमा २ सय माथि संक्रमितको निधन हुँदै आएकोमा बिहिबार ७५ जनाले ज्यान गुमाएका छन् । जुन दर निकै कम हुँदै गएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर