नेपालमा थप ६८२५ जनामा संक्रमण पुष्टि हुँदा ५९०४ जनाले जिते कोरोना — OSNepal

नेपालमा थप ६८२५ जनामा संक्रमण पुष्टि हुँदा ५९०४ जनाले जिते कोरोना

LC (KTM) June 03, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज थप ६८२५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ । यससँगै देशभर संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । त्यस्तै सोही अबधीमा ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर