घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा सदस्य महर्जनविरुद्ध अख्तियारले दायर गर्यो विशेष अदालतमा मुद्दा — OSNepal

घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा सदस्य महर्जनविरुद्ध अख्तियारले दायर गर्यो विशेष अदालतमा मुद्दा

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । गत भदौ २१ गते दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं। १४ का सदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महर्जनविरुद्ध दुई लाख रुपैयाँ विगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको भन्दै महर्जन विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी आज शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएको हुँदा निज बसन्त महर्जनलाई बिगो रु। २,००,००० ।– (दुई लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा ९१० देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर