काठमाडौं । २२६ किलो तौल भएकी एक महिलाले आफ्नो भिडियोहरु र सोसल मिडियामा पोष्ट गरेर मासिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेको रहस्य खोलेकी छिन् ।
बेलायतकी डेलिएल बिर्च नाम गरेकी यी महिलाले ‘ठूला ज्यान भएका महिलाको आत्मविश्वास बढाउन र जीन्दगी जिउने प्रेरणा दिनका लागि भन्दै बनाएका भिडियोहरुबाट मासिक २ लाख ४० हजार रुपैयाँ कमाउने गरेको रहस्य बाहिर ल्इाएसँगै उनी भाइरल बनेकी छिन् ।
सोशल मीडिया इन्फ्लुएन्स समेत रहेकी डेलिएलले सुरुमा आफ्नो तौल लुकाउनका लागि त्यस्तै खालको लुगा लगाउँथिन् । तर पछिल्लो समय भने उनले अनलाईनमा निर्धक्क आफ्नो मोटो शरीर देखाउन पाउँदा खुशी हुने गरेको विभिन्न अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।
उनले यो काम गर्दा हिजोआज आत्मविश्वास बढीरहेको उल्लेख गर्ने गरेकी छिन् ।