असार १ गतेदेखि किन बन्द गरिदैछ मेलम्चीको पानी ? — OSNepal

असार १ गतेदेखि किन बन्द गरिदैछ मेलम्चीको पानी ?

LC (KTM) June 03, 2021 0

काठमाडौं । आगामी असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का अनुसार सुरुङमार्गको परीक्षण गर्न परेकाले दुई महिना मेलम्चीको पानी नआउने भएको हो ।
सुरुङमार्ग परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्ने केयूकेएलले बताएको छ ।

यसरी सुरुङ परीक्षण गर्न समय लाग्ने भएकाले करिब दुई महिना पानी नआउने केयूकेएलले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको छ ।। सुरुङ परीक्षणका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर