आयोगले सिफारिस गरेको जेठ ४ मै स्थानीय तहको निर्वाचन गर्नुपर्ने विभिन्न २२ संघ संस्थाको माग — OSNepal

आयोगले सिफारिस गरेको जेठ ४ मै स्थानीय तहको निर्वाचन गर्नुपर्ने विभिन्न २२ संघ संस्थाको माग

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा सरकारले स्थानीय तहको निवार्चन गर्नु पर्ने भन्दै विभिन्न २२ वटा सङ्घ संस्थाले आह्रान गरेका छन् ।

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आउँदो जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । वर्तमान स्थानीय पदाधिकारीहरुको यही जेठ पाँच गते समयवधि सकिँदै छ ।

नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले आयोगले तोकेको जेठ ४ मा ने निर्वाचन गर्न आह्रान गरेका हुन् ।

विभिन्न २२ वटा सङ्घ संस्थाले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कुने पनि बहाना निर्वाचन पछाडि सार्न नपाइने भन्दै निवार्चनको मिति तोक्न माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर