संक्रमितको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बरले बढ्दा पनि मृत्यु हुनेको संख्या भने बढ्यो — OSNepal

संक्रमितको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बरले बढ्दा पनि मृत्यु हुनेको संख्या भने बढ्यो

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेपालमा कोरोना संक्रमितको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बरले बढेको छ । बुधबार र बिहिबार संख्या हेर्ने हो भने संक्रमण मुक्त हुनेको संख्या दोब्बरले बढेको छ ।

आज मात्रै थप ३ हजार १७५ जना कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् । साथै संक्रमितको संख्या घटेपनि मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ ।

आज एकै दिन १४ जना संक्रमतिको ज्यान गएको छ । आज १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै आज काठमाडौं उपत्यकामा थप १ हजार ५०९ संक्रमित थपिएका छन् । हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर