झण्डै एक करोड मुल्य बराबरको सुन र आइफोन सहित त्रिभुवन विमानस्थलबाट तिन जना पक्राउ — OSNepal

झण्डै एक करोड मुल्य बराबरको सुन र आइफोन सहित त्रिभुवन विमानस्थलबाट तिन जना पक्राउ

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका निजहरुको साथबाट प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइल बरामत गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्ररहीले बरामत गरेको हो ।

साथे परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स र दुई वटा ५० ग्राम सुनको बेरूवा औंठी तथा साहको साथबाट ४ वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनलाई थप अनुशन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

उक्त सुन र आइफोनको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर