फिल्म ‘केजीएफ’का मनकारी अभिनेता यशले गरे महामारीमा तीन हजार फिल्म मजदुरलाई आर्थिक सहयोग — OSNepal

फिल्म ‘केजीएफ’का मनकारी अभिनेता यशले गरे महामारीमा तीन हजार फिल्म मजदुरलाई आर्थिक सहयोग

LC (KTM) June 03, 2021 0

मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यशले तीन हजार फिल्म मजदुरलाई आर्थिक सहयोग गर्ने भएका छन् । उनले कन्नड फिल्म उद्योगका मजदुरका लागि आर्थिक सहयोग गरेको भारतिय मिडियाले उल्लेख गरेका छन् । कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक समस्यामा छन् ।

फिल्म उद्योगका ३ हजार बढी मजदुरलाई उनले सहयोग गर्ने भएका हुन् । उनले कन्नड फिल्म उद्योग कोरोनाको कारण नराम्रो अवस्थामा छ । यस्तो अवस्थामा म फिल्म उद्योगको २१ डिपार्टमेन्टका ३ हजार बढी मजदुरलाई आफ्नो तर्फबाट ५, ५ हजार रुपैया उनको खातामा हालिदिने बताएका छन् ।

आफ्नो सहयोगले कोरोनाले पुर्याएको नोक्सानको भरपाई नभएपनि केही सहयोग मिल्ने यशको भनाइ छ । यश छिट्टै फिल्म ‘केजीएफ च्याप्टर २’मा देखिने छन् । फिल्ममा उनको अलवा रवीना टन्डन, संजय दत्तको पनि मुख्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर