चर्चित नायिका करिश्मा कपुर 'वेव सिरिज'बाट पुनः अभिनयमा फर्किँदै,गर्दै छिन् धमका — OSNepal

चर्चित नायिका करिश्मा कपुर ‘वेव सिरिज’बाट पुनः अभिनयमा फर्किँदै,गर्दै छिन् धमका

LC (KTM) June 03, 2021 0

मुम्बई । बलिउडमा अभिनेत्री करिश्मा कपुर एकताका निकै चर्चित पात्रका रुपमा परिचित थिइन् । खासमा बलिउडमा पृथ्वीराज कपुरको परिवारले उनी यता निरन्तर योगदान दिँदै आएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।पृथ्वीराजको खानदानले बलिउडका लागि निकै महत्वपूर्ण योगदान समेत दिएको छ ।उनको कपुर खानदानबाट एक से एक सुपरस्टार बलिउडले पाएको छ । तर, कपुर खानदानमा छोरी र बुहारीलाई सिनेमामा काम गर्न बन्देज थियो । त्यसैकारण आफ्नो जमानाका चर्चित अभिनेत्री नितु कपुर र बबिता कपुरले विवाहपछि यसक्षेत्रबाट बिदा लिए ।

छोरीलाई समेत चलचित्रमा आउन त्यसअघि नै वर्जित जस्तै थियो । तर, यो सिलसिलालाई अभिनेत्री करिश्मा कपुरले तोडिन् र जवरजस्त रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरिन् । उनको यस निर्णयमा आमा बबिताको साथ थियो भने पिता रणधीर कपुरको असन्तुष्टि । उनी आफ्नो बाबुका कारण यस क्षेत्रमा रोकिइनन्, अगाडि बढिन् र आफूलाई अब्बल रुपमा प्रस्तुत हुँदै कपुर खानदानका छोरीहरू छोराभन्दा कम छैनन् भन्ने प्रमाणित गर्न सफल भइन् ।

करिश्माको विद्रोहले उनकी बहिनी करिनालाई समेत यस क्षेत्रमा प्रवेश गर्ने बाटो खुल्ला गर्यो । यी दुवै दिदीबहिनी बलिउडमा अभिनेत्रीको चर्चा हुँदा आज नछुट्ने नाम भइसकेका छन् ।अभिनेत्री करिश्माको जन्म २५ जुन सन् १९७४ मा मुम्बईमा भएको थियो । उनी १७ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी थिइन् । उनका बाबु रणधीर र आमा बबिताको खटपटले परिवार छुट्टिएपछि करिश्मा आफ्नो पारिवारिक परम्परा तोड्दै चलचित्र क्षेत्रमा जवरजस्ती आएकी थिइन् । चलचित्र क्षेत्रमा आउँदा उनलाई आमा बबिताले निकै बलियो साथ दिइन् ।

उनले सन् १९९१ मा पारिवारिक जिम्मेवारी आफूले लिँदै ‘प्रेम कैदी’ बाट हरिश कुमारको जोडी बनेर चलचित्रमा पहिलो पाइला चालिन् । चलचित्रले खासै चर्चा कमाउन नसके पनि उनले कपुर खानदानकी पहिलो अभिनेत्री छोरीका रूपमा भने राम्रो चर्चा पाइन् । त्यसपछि बलिउडमा ९० दशकमा करिश्माको राज चल्यो ।

करिश्माले आफ्नो करिअरमा दर्जनौं सुपरहिट चलचित्रमा काम गरेकी छन् । उनले अभिनय गरेका चलचित्र ‘राजा हिन्दुस्तानी’, ‘कुली नम्बर १’, अनारी’, ‘दिल तो पागल हे’, ‘बिबी नम्बर वान’, ‘हिरो नम्बर वान’, ‘हम साथ साथ है’ लगायत निकै चर्चित बने । भर्खरै ४५ औं वसन्त पार गरेकी उनमा यस उमेरमा पनि सुन्दरतामा कुनै कमी आएको छैन । फिटनेसमा खास समय दिने करिश्माको आज सिनेमामा त्यत्ति सक्रियता नभए पनि सात वर्षपछि उनी एकता कपुरको वेव सिरिजबाट पुनः अभिनयमा फर्किने तयारीमा जुटेकी छन् ।अभिषेक बच्चनसँगको लामो प्रेम प्रसंग विवाहको नजिक पुगेर टुंगिएपछि करिश्माले व्यवसायी संजय कपुरसँग विवाह गरिन् । उनीहरुबाट दुई छोराको जन्म भएको छ । हाल यो जोडीले सम्बन्धविच्छेद गरी अलग अलग बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर