परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने ३ जना विद्यार्थी नेता पक्राउ — OSNepal

परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने ३ जना विद्यार्थी नेता पक्राउ

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । उदयपुर पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बिहान जिल्लाको सदरमुकाम गाइघाटमा पेट्रोलियम पदार्थको मुल्यविरुद्ध खारेजीमाग गर्दै परराष्ट्र मन्त्री खड्कालाई कालो झण्डा देखाइएको हो ।

पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ्ग, जिल्ला कमिटी अध्यक्ष भुवन दहाल र सचिवालय सदस्य अश्विन कार्की रहेका प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका विद्यार्थी नेतालाई विना सर्त तत्काल रिहाई माग अनेरास्ववियुले गरेको छ ।

विद्यार्थी नेताहरुले स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने , पेट्रोलियम पदार्थको गरिएको मुल्य वृद्धि तत्काल खारेज गर्नु पर्ने भन्दै मन्त्री खड्कालाई कालो झण्डा देखाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर