हुम्लामा कोरोनाका लक्षणबिनाका सङ्क्रमित देखिए — OSNepal

हुम्लामा कोरोनाका लक्षणबिनाका सङ्क्रमित देखिए

LC (KTM) June 03, 2021 0

हुम्ला- हुम्लाका अधिकांश गाउँपालिकामा भेटिएका व्यक्तिमा कोरोनाका लक्षणबिनाका सङ्क्रमित देखिएका छन् । दोस्रो लहरको कोभिड–१९ देखिएयता अधिकांश सङ्क्रमित लक्षणबिनाका देखिएका हुन् । एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेशनमा बस्दा सङ्क्रमित लक्षणबिनाका देखिएका छन् ।

कोरोना परीक्षण गर्दा सङ्क्रमित पुष्टि भएका हुम्लाका अधिकांश व्यक्ति लक्षणबिनाका देखिएका जिल्ला अस्पतालबाट कोरोनाका बिरामीको उपचारमा संलग्न भएका डा टासी आङ्जु लामाले बताउनुभयो । हालसम्म कोरोना पुष्टि भएर आइसेलेशनमा बस्दै आएका सङ्क्रमित नौदेखि दश दिनमा घर फर्किने गरेका र आएसोलेशन बसाइँको अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको डा लामाले बताउनुभयो ।

हुम्लाका सातवटै गाउँपालिकामा एन्टिजेन किटबाट ९६२ लाई परीक्षण गर्दा १५९ मा पुष्टि भएको थियो । त्यसमा १२४ बिनालक्षणको कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । कोरोना पुष्टि भएकामध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र पन्ध्र जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर