५ दलीय गठबन्धन हावा भरिएको बेलुन हो यसलाई हामीले फुटाउनुपर्दैन, एमसीसीले नै उनीहरुभित्र कम्पन आइरहेको छ — OSNepal

५ दलीय गठबन्धन हावा भरिएको बेलुन हो यसलाई हामीले फुटाउनुपर्दैन, एमसीसीले नै उनीहरुभित्र कम्पन आइरहेको छ

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजालले आफ्नो पार्टी एक्लै चुनाव लड्न सक्ने क्षमता भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसमा नेता रिजालले चुनावको घोषणा भएपछि कहीँ कतै क्षेत्र, जिल्ला वा दल विशेषका साना पार्टीसँग तालमेल हुन सक्ला तर एमाले एक्लै चुनाव लड्न सक्षम भएको दावी गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीसँग राष्ट्रिय सभा निर्वाचनको लागि मात्र आफुहरुले सहकार्य गरेको बताएका छन् । नेता रिजालले कार्यक्रममा एमसीसीको विषयमा सरकारले जनतालाई अन्योलमा राख्न नहुने पनि उनले जनाएका छन् ।

सरकारको प्रस्ताव सरकारले नै पारित गर्नुपर्ने बताएका उनले बहुमत छ भने एमसीसी पास गरे हुन्छ भनेका छन् । ‘यदि बहुमत छैन भने , एमालेसँग प्रधानमन्त्रीले सहयोग माग्नुपर्यो । लाहुरे भन्दा गुन्टा अगाडि गर्न मिल्दैन । ‘ कार्यक्रममा उनले भने ।

५ दलीय गठबन्धन हावा भरिएको बेलुन हो यसलाई हामीले फुटाउनुपर्दैन किनभने एमसीसीले नै उनीहरुभित्र कम्पन आइरहेको उनको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर