खेतमा तरकारी टिप्न गएकी इनरदेवीको करेण्ट लागेर पानी पनि भन्न नपाई घटनास्थलमै गयो ज्यान, गहिरो शोकमा डुब्यो गाउँ — OSNepal

खेतमा तरकारी टिप्न गएकी इनरदेवीको करेण्ट लागेर पानी पनि भन्न नपाई घटनास्थलमै गयो ज्यान, गहिरो शोकमा डुब्यो गाउँ

LC (KTM) June 03, 2021 0

काठमाडौ । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर