प्रधानमन्त्री देउवाले मागे -अध्यक्षद्धय प्रचण्ड नेपालसँग एमसीसी संशोधन गर्नुपर्ने बुँदा — OSNepal

प्रधानमन्त्री देउवाले मागे -अध्यक्षद्धय प्रचण्ड नेपालसँग एमसीसी संशोधन गर्नुपर्ने बुँदा

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सच्याउनु पर्ने बुदाँ अध्यक्षद्वय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मागेका छन् ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले अध्यक्षद्धयसँग बुँदा माग गरेका छन् । यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा यथास्थितिमा पारित गर्न मिल्दैन भन्दै आएका अध्यक्षद्धयसँग देउवाले एमसीसीको संशोधन गर्नुपर्ने बुँदा भए लेखेर दिन आग्रह गरेका हुन् ।

बालुवाटारको छलफल पछि अध्यक्ष नेपालले एक कार्यक्रममा भनेका छन्,‘एमसीसीमा कुन–कुन कुराहरू सुधार गर्नुपर्ने छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो। सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ ।’

तथापी एमसीसी हुबहु पास गर्नु भन्दै एमालेका अध्यक्ष केपी ओलीले भनेको भन्दै नेपालले आफुहरु गलत तरिका नअपनाउने र कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने समेत उनले स्पष्ट पारेका छन् ।

पाँचदलीय गठबन्धन नटुट्ने दावी गरेका उनले कसैले यस विषयमा शंका नगर्न समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर